धनगढीमा बालबालिकाको अटिजम पहिचान तथा निदान शिविर हुने

5
SHARES
26
VIEWS


धनगढी। धनगढीमा बालबालिकाको अटिजम पहिचान तथा निदान शिविर हुने भएको छ। चाइल्ड केयर नेपाल धनगढीको आयोजनामा आइतबार धनगढीको तारानगरमा रहेको दक्ष इन्टरनेसनल स्कुलमा शिविर हुने भएको हो।शिविर बिहान नौ बजेबाट सुरु हुने बताइएको छ। शिविरमा अटिजम भएका बालबालिका ल्याएर आउन अनुरोध गरिएको छ।

उमेरअनुसार बच्चाको व्यवहार, सञ्चार र बोलीको विकास नहुनु अटिजम हो। बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहन्छ। यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ। अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि मानसिक विकासमा भने असर पुर्‍याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार