अछाम क्षेत्र नं २ कोे प्रदेश सभा अधिबेशनमा शाही र खनाल समुह बिजयी

8
SHARES
47
VIEWS

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं। २ का प्रदेश सभा अधिबेशन सम्न्न भएका छन् । निर्वाचन मार्फत शनिबार अधिबेशन सम्पन्न भएका हुन् । प्रदेश सभा क मा तारा प्रसाद खनालको समुह र प्रदेश सभा ख मा रविन्द्र बहादुर शाही नेतृत्वको समहुले विजयी हासिल गरेको छ।

प्रदेश सभा क का सभापतीका उम्मेद्धार तारा प्रसाद खनालले २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी कर्ण बहादुर बुढाले १ सय २४ मत प्राप्त गरे ।यस्तै प्रदेश सभा ख मा सभापतीका उम्मेद्धार रविन्द्र बहादुर शाहीले २ सय ९१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी पूर्ण बहादुर रावलले १ सय ४१ मत प्राप्त गरे ।शाहीले १ सय ५० मतको अन्तर र खनालले १ सय २० मतको अन्तरले जित हासिल गरेका हुन्

दुबै प्रदेश सभा अधिबेशनमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो । क्षेत्र नं। १ को कमा सहमतीबाटै महेश खड्काको नेतृत्वमा सर्वसम्मत चयन भएको छ भने प्रदेश सभा ख मा पनि सहमतीको प्रयास भईरहेको कांग्रेस क्षेत्र नं। १ ले जनाएको छ ।प्रदेश सभा अधिबेशन सकिएपछि अब मंसिर ६ गते प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन हुदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार