युवा नेता देवकोटाद्धारा अछाम क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को प्रदेश प्रतिनिधि पदको लागि उम्मेद्धारी घोषणा

9
SHARES
51
VIEWS

निराजन भण्डारी मंसिर ३ अछाम
नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद देवकोटाले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को प्रदेश प्रतिनिधि पदको लागि उम्मेद्धारी घोषणा गर्नु भएको छ । नेता देवकोटाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश प्रतिनिधि पदको लागि आफु योग्य रहेको समेत बताउनु भएको छ । किसान संघका नेता समेत रहेका देवकोटाले १४ औं महाधिवेशनमा भने प्रदेश प्रतिनिधि पदको लागि आफनो दाबि रहेको बताउनु भएको छ ।

सानै उमेरमा राजनितिक क्षेत्रमा सक्रिय रहेका नेता देवकोटाले समाजमा रहेका हरेक नागरिकको दुख ,पीडामा साथ दिदै आएका छन । विद्यालय देखि नै नेपाल विद्यार्थी संघमा राजनिति गर्दै आएका नेता देवकोटाले अहिलेको वर्तमान समयमा पाटी संगठनलाई बलियो र मज्बुद बनाउने काममा निरन्तर लागि रहनु भएको छ । आफूले युवाहरुको साथमा रहेर काम गरिरहेको र प्रदेश प्रतिनिधि पदमा जितेको अवस्थामा अझै युवाहरुको साथमा रहेर काम गर्ने पनि बताउनुभयो ।

साथै उहाँले नेपाली काँग्रेसलाई सुधार र वृहत् संगठनको हितका लागि आफूले प्रदेश प्रतिनिधिपदमा उम्मेद्धारी दिएको पनि बताउनु भएको छ । अछाम क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को प्रदेश प्रतिनिधि पदको लागि उम्मेद्धारी घोषणा गरिसकेकाले अमुल्य मतदान गरि विजय गराइदिन सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार