ढकारी गाउँपालिका वडा नम्बर२ हिच्मामा महा—महोत्सव २०७८ सञ्चालन हुने

10
SHARES
55
VIEWS

निराजन भण्डारी मंसिर ३अछाम

अछामको ढकारी गाउँपालिका वडा नम्बर२ हिच्मामा श्री जाल्पादेवि शैक्षिक एवम ज्ञान ,विज्ञान धार्मिक महा—महोत्सव २०७८ सञ्चालन हुने भएको छ । ढकारी गाउँपालिका वडा नम्बर२ हिच्मामा अवस्थित कालिका देवि माध्यामिक विद्यालयको आयोजनामा महा—महोत्सव सञ्चालन हुने विद्यालयले जनाएको छ । विद्यालयको स्तर बृद्धिको लागि महा—महोत्सव सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

यहि मंसिर १३ गते देखि २१ गते सम्म सञ्चालन हुने महा—महोत्सवको प्रचार प्रसार कार्य पनि जारी रहेको प्रचार प्रसार समितीका संयोजक पुर्ण बहादुर बुढाले जानकारी दिनु भएको छ । मंसिर १३ गते बाट सञ्चालन हुने महा—महोत्सवमा प्रमुख कथा बाचक अन्तराष्ट्रिय भागवत भुषण पुज्य श्री सञ्जेल जी महाराजद्धारा कथा बाचन हुने भएकाले कथा श्र्रवणका लागि सबै भक्तजनहरुलाई पाल्न हुन प्रचार प्रसार समितीका संयोजक बुढाले आग्रह समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार