गायिका भावना शाहीको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक

11
SHARES
63
VIEWS

काठमाण्डौं ।
नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई माया गर्नको लागी गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जोडि विचको भावनात्मक प्रेमलाई गीतमा देखाउन खोजिएको छ ।

दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा दिपक मान सिंहको निर्देशन भिडियोमा छ । शंकर विसी र करिष्मा ढकालले गीतमा अभिनय तथा नृत्य गरेका छन ।

’बनै गुराँस फुल्नाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/embed/jw5kAsHwipY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार