भीम रावललाई छोडेर माधव नेपालसँग लागेका कुवँर मन्त्री बन्दै

42
SHARES
236
VIEWS

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको निकट मानिएका राष्ट्रियसभा सदस्य शेरबहादुर कुवँरको मन्त्री बन्ने चर्चा चलेको छ । इमान्दार र निष्ठाको छबि बनाएका कुवँरलाई मन्त्रीको प्राथमिक लिस्टमा राखिएको बुझिएको छ ।

कुनै बेला भीम रावलको राजनीतिमा पुलको भूमिका निर्वाह गरेका कुवँर पार्टी टुक्रिएसँगै माधव नेपालको नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

एमालेमा रहँदा पनि शान्त, सुशील छबि बनाएका कुवँरलाई अछाम जिल्लाका मतदाताले निकै रुचाएका छन् । अहिले सामाजिक सञ्जालमा कुवँरको पक्षमा निकै माहोल बनेको देखिन्छ । अछामका मतदाताहरुले कुवँरलाई मन्त्रीका लागि अग्रिम बधाइ समेत भनेका छन् ।

कुवँरले भने आफू मन्त्रीका लागि लालायित नरहेको तर, जिम्मेवारी आएमा कुशलतापूर्वक निभाउने बताएका छन् । सुदूरपश्चिमबाट मन्त्रीको निकै चर्चामा रहेका कुवँरलाई पार्टी अध्यक्ष नेपालले पनि निकट रुपमा लिने गरेका छन् ।

अहिलेसम्म कुनै पदको लोभ नगरी निष्ठापूर्वक राजनीतिमा हुमिएका कुवँरलाई मन्त्री बनाउनका निम्ति पार्टीमा प्रत्यक्ष, अप्रत्यक्ष दबाब रहेको छ । सुदूरपश्चिमबाट मन्त्रीका लागि अहिले एक्लो नाम रहेको बुझिएको छ । एक महिला सांसद पनि मन्त्रीका लागि आकांक्षी रहेको बुझिएको छ । ओकेजनताबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार