मंगलसेन नगरपालिका ६ मा घरदैलोमै स्वास्थ्य उपचार र परामर्श सेवा

25
SHARES
137
VIEWS

अछाम । मंगलसेन नगरपालिका वडा नं. ६ ले नागरिकको घरदैलोमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको हो ।

कोभिट १९ को कारण लकडाउनमा परेका र कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथामा जान नपायका घरमै सामान्य जरो ,रुघा,खोकी ,टाउको दुख्ने वान्ताहुने पखाला चल्ने ,पेट दुख्ने लगायतका मौषमी विरामीहरुका लागी टोल स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रर्दान गर्ने उदेश्यले शिविर संचालन गरिएको वडा अध्यक्ष जनकराज भण्डारीले वताउनु भयो ।

गाउ घरका मौषमि रुगा खोकी जरो ,र पखालाका विरामी रहेको र कोभिट का कारण स्वास्थ्य सेवा लिन स्वास्थ्य संथा नआयका समुदायका मानिसलाई टोलमै पुगेर स्वास्थ्य सेवा प्रर्दान गरिएको शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारीले बताउनु भयो ।

आज वाट टोल स्तरको स्वास्थ्य शिविर स्वास्थ्य मापदण्डको प्रयोग गरी संचालन गरिएको र पहिलोदिन वडाको डाडाँगाउ टोलमा संचालन गरिएको शिविरमा १४ जना महिला ४ जना जेष्ट नागरिक र ७ जना वालबालिका गरी २५ जना लाई स्वास्थ्य सेवा प्रदार्न गरिएको भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताए ।

स्वास्थ्य शिविरमा कोरोना बाट बच्ने उपाय र स्वास्थ्यमा ध्यानदिन सबै टोल बासीलाई परार्मश दिनुका साथै सरसफाईमा ध्यान दिन अनुरोध समेत गरिएको छ । आईतबारवाट संचालन भएको टोल स्वास्थ्य शिविर सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गदै वडाका सवै टोलमा पुगेर स्वास्थ्य सेवा प्रदान पछि मात्र समापन गरिने भएको वडा कार्यालयले जनाएको छ ।

शिविरमा वडा अध्यक्ष जनकराज भण्डारी ,वडा सदस्य देवेन्द्र प्रसाद भण्डारी , नरपती भण्डारी ,शहरी स्वास्थ्य किलिन्कि ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारी भन्थान सामुदाईक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारी महिला स्वाथ्य स्वयमसेविका नामसरा भण्डारी लगायतको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार