अछाम : अछाममा आइतबार थप ९६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरीएकामा ९६ जनामा संक्रमण पुष्टी भएको हो ।
पञ्चदेवल बिनायक नगरपालिका, चौरपाटी गाँउपालिका र कमलबजार पिसिआर प्रयोगशमला मार्फत १ सय २० जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा २३ जना महिला र ७३ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका रहेका छन् ।
नगरपालिकाको वडा नम्बर २, ३, ४, ६ र ९ का २२ जना महिला र ६९ जना पुरुष गरी ९१ जनामा संक्रमण देखिएको छ ।
यस्तै कमलबजार नगरपालिका वडा नम्बर ६ , ९ र १० का १ जना महिला र २ जना पुरुष गरि ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौरपाटि गाँउपालिका वडा नम्बर १ र २ का २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ४ सय १७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Discussion about this post