बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर

17
SHARES
96
VIEWS

अछामः गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।

कोरोना सङ्क्रमितलाई अक्सिजन नभएर समस्या भइरहेका समयमा उक्त संस्थाको अछाम युनिटको सहयोगमा अक्सिजन हस्तान्तरण गरिएको हो। उक्त संस्थाले सञ्चालन गरेको “प्राणका लागि पाँच सय” अभियानबाट सङ्कलित रकमबाट अक्सिजन सिलिण्डर रिफिल गरी हस्तान्तरण गरिएको बोलन्याथली अछामका संयोजक सुशील भण्डारीले बताए।

अस्पतालमा भरीएका अक्सिजन सिलिन्डर प्राप्त भएपछि यहाँका कोरोना सङ्क्रमितलाई उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताए। उनले भने, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै सहज भएको थियो, बोलन्याथलीले १३ वटा उपलब्ध गराएपछि अब सहज हुँने छ।”

अक्किजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी पाएपछि प्रदेशका नौ वटै जिल्ला अस्पतालमा आफुले सक्ने जति अक्किजनको सहयोग गरेको बोलन्याथलीका सुदूरपश्चिम संयोजक यादव जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार