अछाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत आम सभा रामारोशन गाउँपालिका वडा नम्वर ७ सुतारमा सम्पन्न भएको छ ।
नेकपा वडा कमिटि सुतारको आयोजनामा संसद पुर्नस्थानाको बिजय उत्सव तथा बृहत आमसभा कार्यक्रम गरिएको हो ।
पार्टीका वडा कमिटी अध्यक्ष बृख बहादुर भण्डारीको अध्यक्षतामा भएको कर्यक्रममा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको गलत कदमका बिरुद्द सर्वोच्च अदालतले जनताका पक्षमा न्यायोचित फैसला गरेको बताउनु भयो ।
सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्न चाहाने शक्तिहरुलाई ठिक ठाउँमा ल्याएर उभाएको कुँवरको भनाई छ ।
प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमका बिरुद्द नेपालका सम्पुर्ण जनता तथा कम्युनिष्ट एक ठाउँमा उभिएर बढेसंगै ओलीको पतन सुरु भएको कुँवरले बताउनु भयो ।
निजि स्वार्थका कारण पार्टीबाट केहि व्यक्ति तथा समुह चोईटिए पनि अछाममा सवै जनता आफुहरुको पक्षमा रहेको उहाले दाबि समेत गर्नु भयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, गोविन्द साउद, गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, जिल्ला सचिवालय सदस्य चक्र रावल लगायतका अतिथि रहनु भएको थियो ।
वडा कमिटी सचिव महेश अयडिले स्वागत गर्नु भएको कार्यक्रमको संचालन चन्द्र भण्डारीले गर्नु भएको थियो ।
Discussion about this post