सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित : नेपाल

15
SHARES
84
VIEWS

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेलगत्तै ट्वीट गर्दै अध्यक्ष नेपालले अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।

उनले प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा सक्रिय जनता, आन्दोलनरत दलहरु, नागरिक समाज, मिडियाका अदालतलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष नेपालको ट्वीट यस्तो छ
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार