अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

35
SHARES
195
VIEWS


अछामः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका स्थानीय तहका २७ वटा उजुरी परेका छन्।

सबैभन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ६/६ र सबै भन्दा कम चौरपाटी गाउँपालिकाको १ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ।

त्यसैगरी मंगलसेन नगरपालिकाको ४, बान्नीगढी जयगढ गाउँपालिकाको ३, पंचदेवल बिनायक नगरपालिकाको २, रामारोशन गाउँपालिकाको र साँफेबगर नगरपालिकाको २ उजुरी परेको सूचना अधिकारी हरिचन्द्र जोशीले बताए।

उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पुर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरे रकमको दुरुपयोग र अधिकारको दुरुयोग गरेका जस्ता प्रकृतिका उजुरी आउने गरेको उनले बताए।

संघीयतापछि स्थानीय तहबाट भएका कामका बिषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार