काँग्रेस पार्टीको विरोध प्रदर्शनमा बालबालिकाहरुको प्रयोग

19
SHARES
106
VIEWS

नेपाली काँग्रेस पार्टीको बिहीबार आयोजित देशव्यापी विरोध कार्यक्रम अन्तर्गत पर्साको पोखरीया नगरपालिकामा गरिएको विरोध प्रदर्शनमा बालबालिकाहरुको प्रयोग गरिएको पाइएको छ ।

नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि पोखरीया नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किशोरी साहको नेतृत्वमा निकालिएको विरोध ¥यालीमा बालबालिकाहरुको प्रयोग गरिएको हो ।

उक्त ¥यालीमा बालबालिकाहरुलाई सहभागी गराई उनीहरुको हातमा पार्टीको झण्डा बोकाई नगर परिक्रमा गर्न लगाइएकोले हो । विरोध प्रदर्शन गर्ने क्रममा सात सहेलियाको नाच गान सहितको बाजा गाजासहित निकालिएको विरोध प्रदर्शनमा सहभागिता बढाउनका निम्ति साना साना बालबालिकाहरुलाई प्रयोग गरिएको बताइएको छ ।

नेपाली काँग्रेस पार्टीले आफूलाई नियम कानुनको सिद्धान्तमा हिँड्ने पार्टी रहेको भनेर दाबी गरि रहँदा स्थानीय तहका नेता कार्यकर्ताहरुले भने पार्टीको इज्जतको धजिया उडाएका छन् ।

हातमा कापी कलम बोकेर विद्यालय गई सादा कागजमा आफ्नो भविष्य कोर्ने बालबालिकाहरुलाई विरोध प्रदर्शनमा सहभागी गराइएको कारण अहिले सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ ।

विद्यालय जाने उमेरका अबोध बालबालिकाहरुलाई राजनीतिको लागि प्रयोग गर्नु बाल अधिकारको हनन् भएको भन्दै बाल अधिकारकर्मीहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

युवा समाजिक अभियन्ता सुजित गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ‘ल यो हेर्नुस् लिला, बालकको भविष्यसँग खेलवाड गर्ने पार्टी काँग्रेस’ ।

यस्तै अर्का युवा हरिओम साहले पनि ‘अब नेपाली काँग्रेसले पनि बालकको भविष्यसँग खेलवाड गर्न थाल्यो’ भन्दै आफ्ना विचार पोष्ट गरेका छन् ।

अर्कोतर्फ वडाध्यक्ष पनि आफै सामाजिक सञ्जालमा नेपाली काँग्रेसको विरोध कार्यक्रम भनेर बालबालिकाहरुले बोकेको झण्डा सहितको फोटो सार्वजनिक गरेका छन् ।

यसरी विगतमा निर्वाचनको बेला बालबालिकाहरुको प्रयोग गरिएको भनेर विरोध भइरहँदा अहिले निर्वाचन अगावैदेखि नै बालबालिकाहरुको प्रयोग हुन थालिएको छ । -NEWS24 NEPAL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार