माधव तिमिल्सैना
अछामः प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस तुर्माखाद गाउपालिकाले पनि विरोध प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस वडा नं १,२,३,४,५ र ६ को आयोजनामा बिहीबार तुर्माखाद बजार परिक्रमा गरि संयुक्त विरोध प्रदर्शन भएको हो । जिल्ला कार्यसमिति सदस्य प्रताव शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काँग्रेस महासमिति सदस्य पुष्प शाह रहनुभएको थियो भने नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य पुष्पराज शर्मा विशेष अतिथि रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य दमन ब.घर्ति, जिल्ला कार्यसमिति उपसभापति पुणर् प्र.उपाध्याय, पुर्व जिल्ला कार्यसमिति सदस्य नवराज चलाउने, हरिशचन्द्र देवकोटा, क्षेत्रिय सदस्य कणर् वयक, चक्रप्रसाद धमाला, विष्णु शाही, जिल्ला कार्यसमिति उपसभापति जोगिराम बुढा, जिल्ला समन्वय समिति सदस्य तुलसी चलाउने लगायत रहनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी परित्याग गरि ५ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। कम्युनिस्ट सरकारले निरासाजनक गतिविधि गरेका कारण आफुहरु काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
जिल्ला कार्यसमिति सदस्य जोगिराम बुढाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त्त विरोध शभाको सञ्चालन झंकर बुढाले गर्नुभएको थियो । यता पञ्चदेवल बिनायक नगरपालिका वडा ७ पुल्लेतोलामा पनि नेपाली काङ्ग्रेसको बिरोधसभा सम्पन्न भएको छ । वडा कार्यसमिति सभापति नृर्प रावलको सभापतित्वमा भएको बिरोधसभाका प्रमुख अथिति सुरत बहादुर रावल रहनुभएको थियो ।
Discussion about this post