बाजुरा सदरमुकाम मार्तडीमा करिव ६ महिना पछि बस सेवा सुचारु

32
SHARES
178
VIEWS

बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा करिव ६ महिना पछि बस सेवा सुचारु भएको छ ।

गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिवृज बगाएपछि मार्तडी सम्मको बस सेवा करिव ६ महिनासम्म बन्द रहेको थियो ।

साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि मंगलबार मार्तडीमा ३ वटा बस पुगेका हुन् ।

बुधबार विहान जयमालिका, भेरी र पवनदुत यातायातका ३ वटा बस यात्रु सहित ल्याएर मार्तडी पुगेको मार्तडी बस काउन्टर ईन्चार्ज जीवन थापाले बताए ।

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएपछि स्थानीयबासीहरु खसी भएका छन् । स्थानीयहरुलाई यस अघि धनगढी सम्म जान ३ वटा गाडीहरु फेरेर फरक फरक भाडा तिरेर जानु पर्ने बाध्यता थियो ।

अब भनेसिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाण्डौ र नेपालगन्ज जान पाइने भएको छ स्थानिय टेक बडुवालले भने ।

यता , बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा बासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा संचालनका लागि सम्वन्धित निकाय संग पहल गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार