रामारोशनमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु

20
SHARES
109
VIEWS

अछाम : अछाममा अभियानको रुपमा सञ्चालन भैरहेको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना दर्ता शिविर रामारोशन गाउँपालिकामा पनि सुरु भएको छ ।

आज गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भास्करले शिबिर मार्फत आफ्नो विबरण दर्ता गरि उद्घाटन कार्यको थालनी गर्नुभएको हो ।

शिबिरको उद्घघाटन गर्दै अध्यक्ष साउदले समयमै शिविर सञ्चालन भएका स्थानमा गई आफ्नाे विवरण दिन अनुराेध गर्नुभएको छ । नेपाल सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिरहेकाले मौकाको फाईदा उठाउन स्थानीय जनताहरु लाई आग्रह गर्नुभयो ।

रामारोशन गाउँपालिकामा यस अभियान लाई महत्त्व दिएर विवरण संकलन कार्य भैरहेकाे एम आईएस अपरेटर दल बहादुर साउदले बताउनुभएको छ ।

गाउपालिका वडा न. १,२ र ३ को विवरण दर्ता कार्य मुजाबगरबाट र अन्य वडाको विवरण दर्ता कार्य सम्बन्धित वडाहरुबाट भईरहेको उहाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय परिचयपत्र नबनाएका सम्पुर्ण व्यत्तिहरुले सम्बन्धित स्थानबाट विवरण दर्ता गर्न पालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार