केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

22
SHARES
120
VIEWS

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको जवाफ फर्काएका छन् ।

शनिवार काठमाडौंमा आयोजित प्रदेश १ कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि भट्टराईले कडा जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘केटो’भन्दा आफूलाई दुःख नलागेको जनाउँदै भट्टराईले प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुसी लागेको बताएका छन् ।

‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो,’ भट्टराईले शनिवार राति सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो ।’

ओलीले योगेश भट्टराईलाई केटोको संज्ञा दिएको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको ओलीले बताएका थिए ।

‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउँछु भनें । मन्त्री पनि बनाइयो,’ ओलीले भट्टराई भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार