अछाम । अछामको रामारोशन गाउँपालिकाले बालुवा, ढुंगा, गिट्टी सङ्कलन तथा उत्खनन कार्यमा रोक लगाएको छ ।
कैलाशखोला र आसपासका शाखा खोलामा अनियंत्रित रुपमा निकासीको कार्य भएकाले पालिकाको राजश्व प्ररामर्स समितीको बैठकले रोक लगाउने निर्णय गरेको हो ।
आगामी दिनमा बालुवा, ढुंगा र गिट्टी उत्खनन कार्यलाई ठेक्का प्रक्रिया मार्फत व्यवस्थित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारिले जानकारी दिनुभयो ।
यस्तै रामारोशन गाउँपालिकाले कैलाशखोला र आसपासका खोलामा बालुवा, ढुंगा, गिट्टी सङ्कलन तथा उत्खनन कार्य नगर्न पनि आग्रह गरेको प्रशासकीय अधिकृत भण्डारिले बताउनुभयो ।
आवश्यक सहयोगका लागि शान्तडा र रामारोशन प्रहरी चौकीले सहजीकरण गर्ने छन ।
Discussion about this post