अछाम । नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताउनुभयो ।
सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन केपी अाेलीले सकारात्मक गतिविधि अगाडि बढाएका बताउनुभयो ।
प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।
पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताउनुभयो।
सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिमेवारी समहालि सक्नुभएका नेता बोहराले चुनावमा आफु संग जितेर देखाउन भिम रावललाई चुनौती समेत दिनुभयो ।
Discussion about this post