नगरका बिभिन्न वडामा संञ्चालीत शिबिरको नगरप्रमुख बोहराद्धारा अनुगमन

20
SHARES
110
VIEWS

अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा गएको अनुगमन टोलीले वडानम्वर १२ र १४ मा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन तथा ब्यक्तिगत घट्ना दर्ता शिविरको स्थलगत अनुगमन गरेको छ ।

नगरका १४ वटै वडामा जारी शिबिरमा नगर प्रमुख बोहराको टोलीले अनुगमन गरिरहेको छ । यतिबेला जनालाई सेवाका लागी घरदैलोमा सरकारको सेवा पुगेकाले सबैलाई सेवा लिन आग्रह गरे नगर प्रमुख बोहराको टोली वडा नम्बर १२ र १४ मा शिबिरमा सेवा लिने सेवाग्राहीको संख्याको समेत जानकारी लिएको छ ।

जसमा वडा नम्बर १२ मा २ सय ५० र १४ मा २ सय ५० गरि ५ सय नागरिकले सेवा लिएका दर्ता स्थलमा खटेका कर्मचारीले जानकारी दिए । त्यस अघि अनुगमन टोलीले स्वास्थ्य चौकी कालागाउँको नवनिर्मित सुविधा सम्पन्न भवनको अनुगमन समेत गरेको छ ।

स्थलगत अनुगमनमा नगर प्रमुख बोहरा सहीत वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारी, नगरपालीका एमआईएस अपरेटर होम बहादुर साउद, पत्रकार कमल रावल, नमराज भण्डारी, चक्र प्रसाद जैशि लगाएतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार