अछाम । अछाममा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा १९ जनाको नमुना परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड-१९ परीक्षण प्रयोगशालाले जनाएको छ ।
संक्रमण पुष्टी हुनेमा जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ र ५ का २६, २८, २८, ३२, ३५ र ५० वर्षका ६ जना पुरुष रहेका छन् ।
यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ४ र ५ का ४५, ४३ र ४५ वर्षका ३ जना पुरुषमा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर विष्टले जानकारी दीनुभयो ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १ का २२ वर्षीय एक युवकमा पनि कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी विष्टले बताउनुभयो ।
कमलबजार पिसीआर परीक्षण प्रयोगशालामा हालसम्म ४ हजार ४ सय ७७ जनाको नमुना परीक्षण गरीएकामा ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ
Discussion about this post