आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरे : भीम रावल

23
SHARES
128
VIEWS

काठमाण्डौ । नेकपाका नेता भीम रावलले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् ।

शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरेको आरोप लगाए ।

ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत रावलको भनाई छ । रअका प्रमुखसंग मध्यरातमा भेटर प्रधानमन्त्री ओली घोषणा पत्र र पार्टीबाट भागेको रावलले बताए ।

ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको पनि रावलले बताए । प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने रावलको भनाई छ ।

फरक प्रसंगमा रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएर केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको बताए ।

३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनको भनाई छ ।

आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार