राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य अछाममा अभियानकै रुपमा जारी

30
SHARES
167
VIEWS

टेकराज भण्डारी,अछाम । अछाममा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य तथा व्यक्तिगत घटना दर्ता कार्य अभियानकै रुपमा सञ्चालन गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहका वडा तहमा संकलन गरिने विवरणका लागि शिविर सञ्चालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, अछामको पहलमा अछाम जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्तासम्बन्धी अभिमुखीकरण गोष्ठी समेत सम्पन्न भएका छन् ।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कार्यक्रम अधिकृत, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्षहरु, वडासचिवहरु, एमआएएस अपरेटरलगायत सरोकारवालाहरुको उपस्थितिमा २०७७ पुस १३ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम १८ गते जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरी सम्पन्न भए पश्चात् वडा तहमा शिविर सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अछाममा राष्ट्रिय परिचयपत्रको लागि नागरिकको विवरण दर्ता अभियान शिविर समेत सुचारु भएको छ ।

हाल कञ्चनपुर जिल्लाबाट ४७ जना अनुभवी विवरण दर्ता अपरेटरहरु यस जिल्लामा खटिई आएका छन् र जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकामा परिचालन गरिसकिएको छ ।

जिल्लाको मंगलसैन नगरपालिकाका विभिन्न ९ ठाउँमा विवरण संकलन शिविर सञ्चालन गरिएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले जानकारी दिनुभयो ।

नगरप्रमुख बोहरा नेतृत्वको एक टोलीले वडा नम्बर ७ मा सञ्चालित राष्ट्रिय परिचय पत्रको विवरण संकलन तथा ब्यक्तिगत घटना दर्ता शिविरको स्थलगत अनगुमन गरिएको छ ।

अनुगमनको क्रममा नगर प्रमुख बोहराको टोलिले परिचय पत्र तथा घटना दर्ता अभियानको स्थलगत अवस्था तथा वस्तुस्थिति बारे जानकारी लिनुभएको छ ।

शिविरमा आइपर्ने समस्या र व्यवस्थापकीय पाटोका सम्बन्धमा शिबिर स्थलमा वडा अध्यक्षलगायत दर्ता अपरेटर र स्वयमसेवकसँग छलफल समेत गरेको छ।

शिबिरको अनुगमनको क्रममा नगरप्रमुख बोहराले यो राष्ट्रिय अभियान भएकाले सबैले यसमा आवद्ध हुनुपर्ने बताउनुभयो । नागरिकको मौलिक अधिकार भित्र पर्नै यो अधिकारको सदुपयोग गर्न पनि उँहाले अपिल गर्नुभयो ।

राष्ट्रिय परिचयपत्र, घटना दर्ता कार्यलाई त्रुटी रहित बनाउन विवरण संकलन कार्य प्रभावकारी बनाउने जिम्मा दर्ता अपरेटर र स्वंयम सेवकको भएकाले उत्कृष्ट कार्य सम्पादन गर्न अनुगमन टोलीले आग्रह गरेको छ ।

यो शिविर कार्यक्रम १५ दिनसम्म चल्ने मंगलसेन नगरपालिकाले जनाएको छ ।

नगरप्रमुखले वडा नम्बर १० जुपु, वडा नम्बर १३ बस्ती लगायतका स्थानमा जारी शिविरको समेत अनुगमन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार