चन्द्र प्रसाद भाट, अछाम । अघिल्ला बर्षहरु झैँ अछामका स्थानिय तहहरुमा यष बर्ष पनि बिनियोजित बजेट खर्चको अवस्था निराशाजनक पाईएको छ । आर्थिक बर्ष सुरु भएको करीब ६ महिना बित्नै लाग्दा समेत बजेट खर्चको अवस्था बृद्धि हुन नसकेको स्थानिय तहहरुले जनाएका छन ।
यसरी बिकासका लागी आएको बजेट समयमै खर्च हुन नसक्दा बजेट फ्रिज हुने अवस्था सिर्जना हुने गरेको छ । जस अनुरुप आर्थिक बर्ष २०७७/०७८ मा बिनियेजित कुल बजेट मध्ये सदरमुकाम स्थित मँगलसेन नगरपालिकाले चालु आथिक बर्षको ६ महिनामा चालु बजेट तर्फ २४ दशमलब ८ प्रतिशत र पुँजिगत तर्फ ६ दशमलब ४ प्रतिशत खर्च गरेको पाईएको छ ।
सँघिय सरकार र प्रदेश सरकार बाट स्थानिय तहका लागी आउने बजेट ढिला गरी प्राप्त हुने गरेकाले समयमै सोचेअनुरुप खर्च हुन नसकेको मँगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेद्र बहादुर सोडारीले जानकारी दिनुभयो ।
पुजिगत तर्फको बजेट खर्चको अवस्था भने ज्यादै न्यून देखिएको सोडारीले जानकारी दिए । पुजिगत तर्फ भौतिक पुर्बाधारका कार्यहरु गर्नुपर्ने भएकाले आयोजना सम्झौतामा ढिलाइ हुने भएकाले यसको खर्च न्यून देखिएको उनको भनाइ छ ।
चालुखर्च र पुजिगत खर्चको अन्तरलाइ तुलना गर्दा चालु तर्फको बजेट दोब्बरले खर्च भएको देखिएको छ । चालु खर्च तर्फ कर्मचारी तथा जनप्रतिनिधिह्रुको सेवा सुबिधामा तथा भत्ता वितरणमा उक्त बजेट खर्च हुने भएकाले खर्चको मात्रा पुजिगत भन्दा बढि देखिएको अधिकृत सोडारीले जानकारी दिए ।
पुँजिगत तर्फको बजेट अहिले खर्च कम भएपनि दोस्रो चौमासिकमा पुजिगत तर्फको बजेटमा बृद्धिहुने बिश्वास आफुले लिएको उनले बताए ।
नगरपालिका भित्र निर्माण गरीने भौतिक निर्माणका अधिकाँस आयोजनाहरुको सम्भौता भैसकेको भएपनि केहि योजनाहरुको सम्झौता हुन भने बाँकि रहेको अधिकृत सोडारीले स्विकार गर्नुभएको छ ।
यस आथिक बर्षका पुर्बाधार बिकासका कार्यक्रमहरु बैशाख भन्दा अघि नै सम्पन्न गरीसक्ने नगरपालिकाले लक्ष्य लिएकाले त्यसै अनुरुप काम अघि बढाईएको उनले बताए । बजेट खर्चको अवस्था प्रथम चौमासिक सम्म औषतमा हेर्दा न्यून देखिएपनि अहिलेको बिषम परीस्थितिमा यो खर्चको विवरण सन्तोषजनक नै रहेको उनको भनाइ ।
Discussion about this post