ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरी, यस्तो छ यिनको रवैया

49
SHARES
274
VIEWS

अछाम । ढकारी प्रहरी चौकीका इन्चार्ज लाल सिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन् ।

ढकारी प्रहरी चौकीमा कार्यरत सइ लाल सिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ ।

इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु सुरक्षा भन्दा असुरक्षाको महसुस गर्न थालेको ढकारी गाउँपालिका २ का प्रकाश बहादुर साउँदले बताउनु भयो ।

साउँदले भन्नुभयो प्रहरी चौकीका इन्चार्ज गाउँजादा सर्वसाधारणबाट दादागिरी शैलीमा सोझा साझा नागरिकहरु र महिलाहरुबाट पैसा, कुखुरा असुल्ने गरेको बताउनु भयो ।

गाउँपालिकाले निषेध गरेको कमशल कालका मदिरा नियन्त्रणको निउमा गाउँजाने इन्चार्ज बिष्टले सोझा महिला तथा बृद्धाहरुबाट तर्काएर पैसा,घरमा पालेका कुखुरा जवरजस्ती उठाएर हिड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

इन्चार्ज बिष्टले ढकारी गाउँपालिका वडा नं. ४ का नरुदेवि बुढाको पसलमा श्रीमान नभएको बेलामा खल्तीमा राखेको पैसा जवरजस्ती हात हालेर लिएको पिडित नरुदेवि बुढाले बताउनु भयो ।

आफूलाई दम्काएर जवरजस्ती खल्तीमा रहेको पैसा लिएर गएको बताउनु भएको छ ।

यस्तै ढकारी गाउँपालिका ५ का बिरु बुढालाई बिनाकारण धम्काएर घरमा भएको लोकल भाले लिएको बताउनुभयो ।

उता प्रहरी चौकी ढकारीका इन्चार्ज बिष्टले नरुदेबि बुढाको खल्तीबाट पैसा झिकेर लिएको स्वीकार गरेका छन् ।

साथै आफुले गल्ती गरेको र माफि माग्न तयार रहेको बताएका छन् । समाजमा शान्ति शुरक्षा कायम गर्नुपर्ने मुख्य दायित्व रहेको नेपाल प्रहरीले यस्ता कार्यहरु गर्दा आम जनसमुदायमा प्रहरी प्रतिको धारणा र बिश्वसनीयता रहिरहला भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार