सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट भौतिक पूर्वाधार विकास मन्त्री

24
SHARES
133
VIEWS

ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैले लिएका छन्।

मन्त्रीलाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन बनेको मन्त्रालय आफू मातहत राखेर मुख्यमन्त्री भट्टले कामकाज गर्न थालेका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको आधिकारीक वेवसाइटमा मुख्यमन्त्री भट्टको फोटो र सम्पर्क नम्बर समेत राखिएको छ।

त्यहाँ उनलाई मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्री भनेर उल्लेख गरिएको छ।

मुख्यमन्त्री भट्टले पुस १४ गते पूर्वाधार विकास मन्त्री बोहरालाई पदमुक्त गर्दै मन्त्रालयको जिम्मेवारी आफूले लिएका थिए। प्रचण्ड–नेपाल समूहभित्र तत्कालै पूर्वाधार विकास मन्त्री नियुक्त गर्न नसकिने देखिएपछि मुख्यमन्त्रीले आफै मन्त्रालय सम्हालेको बताइन्छ।

प्रचण्ड–नेपाल समूहभित्र भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा झण्डै आधा दर्जन प्रदेशसभा सदस्यहरुले दौडधुप गरिरहेको बताइएको छ। दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार