पैसा गन्दा यसकारण भूलेर पनि नलगाउनुहोस् थुक

45
SHARES
252
VIEWS

काठमाडौँ । लक्ष्मी मातालाई धनकी देवी भनेर चिनिन्छ । शास्त्रका अनुसार जसमाथि लक्ष्मीको कृपा रहन्छ, ती व्यक्तिलाई जीवनमा कहिलै धनको कमी हुँदैन्।

धन कमाउनका लागि मानिसहरु अनेक प्रयास गर्ने गर्दछन्। तर हर प्रयास गर्दा पनि कहिलेकाही मानिसलाई आर्थिक संकट उत्पन्न हुने गर्दछ।

ज्योतिषाचार्य जगदिश शर्माका अनुसार धनको कमी हुँदा पनि व्यक्ति कहिलै चिन्तित हुन हुँदैन्। कहिले काही हामी यस्तो काम गछौँ, जसका कारण लक्ष्मी माता रिसाउने गर्दछिन्। र व्यक्ति आर्थिक रुपमा कमजोर हुने गर्दछन्।

आउनुहोस् जानौँ कुन हुन् ती काम ?

पैसा गन्दा नगर्नुहोस् थुकको प्रयोग
ज्योतिषशास्त्रीका अनुसार यदी तपाईको घरमा पैसा निकै छ र कहिले काही अचानक आर्थिक संकट देखिन थाल्यो भने सम्झनुहोस् कुनै दोष हुनसक्छ। यो कुराको सधैँ ध्यान राख्न आवश्यक छ की कहिले पनि पैसा गन्दा थुक नलगाउनुहोस्।

कतिपयको बानी हुने गर्दछ पैसा गन्दा थुक लगाउने । यसो गर्नुभनेको पैसा सँगसँगै लक्ष्मी माताको पनि अपमान गर्नु हो । यदी नोट एक आपसमा चप्किएका छन् भने एउटा कचौँरामा पानी ल्याएर थुकको साटो त्यही पानीको प्रयोग गर्न सक्नुहुनेछ।

पर्समा नराख्नुहोस् खानेकुरा
ज्योतिषशास्त्री भन्छन्, कहिलै पनि जुन पर्समा नपाई पैसा राख्नुहुन्छ त्यसमा खानेकुरा नराख्नुहोस्। साथै पर्समा कहिलै पनि पैसा तिरेको बिल वा कुनै रसिद नराख्नुहोस्। यसो गर्दा पनि लक्ष्मी माता रिसाउने गर्दछिन्।

साथसाथै कहिलै पनि पैसालाई सित्दा सिरान मुनी नराख्नुहोस्। सिरानी मुनि पैसा राख्दा लक्ष्मी रिसाउने गर्दछिन्।

घरमा जुन दराज वा लकरमा पैसा राख्नुहुन्छ त्यहा लक्ष्मीको कौडी वा गोमती चक्र राख्नुहोस्। साथै यदी तपाईको हातबाट अचानक पैसा खस्यो भने त्यसलाई उठाएर निधारमा चुनुहोस् र पर्समा राख्नुहोस्। यसो गर्दा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार