अछाममा १५ सय ८५ जना काेराेना मुक्त

14
SHARES
79
VIEWS

टेकराज भण्डारी, पाैष १६, अछाम । अछाम जिल्लामा १५ सय बढी व्यक्ति काेराेना भाईरस (काेभिड-१९) जितेर घर फर्केका छन् ।

जिल्लामा केल संक्रमित १६ सय ४९ जना मध्ये १५ सय ८५ जनाले काेराेना भाईरसलाई पराजित गरि घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।

अछाम जिल्लामा १२ सय ९७ पुरुष र ३ सय ५२ जना महिला गरि गरि १६ सय ४९ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको छ ।

हाल जिल्लामा ५९ जना काेराेनाका सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । अछाममा काेराेनाका कारण ५ जनाकाे ज्यान समेत गैसकेकाे छ ।

बिहीबार अछाममा ७ जनामा काेराेना भाईरसकाे संक्रमण पनि पुष्टि भएको छ । जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे प्रयाेगशालामा गरिएको परिक्षणमा रामाराेशन गाउँपालिका वडा नम्बर ३ र ४ का ६ जना पुरुष र १ जना महिला गरि ७ जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएको प्रयाेगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयाे ।

तर जिल्ला स्वास्थ्य कार्यालय अछामले आज ३ जनामा मात्रै काेराेना पुष्टि भएको आफ्नाे तथ्यांक मार्फत जानकारी गराएकाे छ ।

अछाममा हालसम्म १३ हजार १ सय ३० जनाकाे पिसीआर परिक्षणका लागि स्वाब संकलन गरि परिक्षण गरिएको छ । जसमध्ये ११ हजार ३ सय २६ जनामा काेराेना नेगेटिभ देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार