सुदूरपश्चिममा प्रहरी भर्ना छनोट जारी

39
SHARES
214
VIEWS

डाेटी: सुदूरपश्चिम प्रहरी तालीम केन्द्रमा भर्ना छनोट जारी रहेकोे छ।

आगामी माघ २१ गतेसम्म भर्ना छनोट सञ्चालन हुने कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। उनका अनुसार दैनिक ४०० जनाको भर्ना छनोट गरिँदै आएको छ।

देशका पूर्वी जिल्लाबाट पनि उक्त भर्नामा सहभागी हुन युवा आएका छन्। कूल १४ हजार ७९८ जनाले प्रहरीका जवनाका लागि आवेदन भरेका छन्। गत वर्षको भर्नामा ६ हजार ११८ जनाले आवेदन भरेका थिए।

यही मङ्सिर ८ गतेबाट शुरु गरिएको उक्त भर्ना छनोट निष्पक्ष, पारदर्शीतासहित शुरु गरिँदै आएको उनले बताए। उनले भने, “हामीले प्रहरी निष्पक्ष र पारदर्शी रुपमा भर्ना छनोट शुरु गरेका छौँ, यो वर्ष आवेदन भर्नेको सङ्ख्या अरु वर्ष भन्दा अधिक छ।”

भर्ना छनोटमा लोकसेवा आयोग, जिल्ला प्रशासनसहितका कर्मचारी समावेश हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार