अछाम । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएका छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको छ । ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस अछामले जिल्ला सदरमुकाम मंगलसेनमा बिचार गोष्ठीको आयोजना गरेको छ ।
विपि स्मृति भवनमा भएको विचार गोष्ठीमा पार्टी सभापती भरतकुमार स्वारले बिपीले अंगालेको मेलमिलापको बाटो र एकता अहिले पनि उत्तिकै सान्र्दभिक रहेको उल्लेख गरे ।
बिचार गोष्ठीमा सहभागी पुर्व सांसद अक्कल विष्ट, पुर्व पार्टी सभापति मेघराज खड्का, पुष्प शाह, महासमिति सदस्य देवराज देवकोटा, अम्वीका चलाउने, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी, कोषाध्यक्ष झंकर साउद, टक्कर ताम्राकार, अन्जु मल्ल, पुर्व सचिव टेक बहादुर साउद, राम ब शाही, बान्नीगढी गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का लगायतले बिपीका बारेमा बोल्दै बिपीले देशलाई सही दिशा तर्फ निर्देश गरेपनि त्यसपछिका दिनहरुमा बनेका सरकारले उनको बाटो समात्न नसक्दा देशले विकास गर्न नसकेको बताएका थिए ।
पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको बिचार गोष्ठीमा पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगानाले स्वागत गरेको थिए भने संचालन सचिव नम बहादुर शाहीले गरेका थिए ।
Discussion about this post