ओलीले संसद बिघटन गरेर लोकतन्त्र र संबिधानको खिल्ली उडाए : सभापति स्वाँर

27
SHARES
150
VIEWS

अछाम । प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभा विघटनको बिरोधमा देशभर प्रदर्शनमा उत्रिएको छ ।

संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टचारका बिरुद्ध कांग्रेसले देशभरका निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको हो ।

अछाम जिल्लाका २ निर्वाचन क्षेत्रमा समेत बिरोध प्रर्दशन भएको छ ।

जिल्लाको साँफेबगर र कमलबजारमा बिरोध प्रर्दशन गरिएको कांग्रेस अछामले जनाएको छ ।

साँफेगबरमा भएको बिरोध प्रर्दशनमा कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले सम्बोधन गरेका थिए ।

प्रमुख अथिति रहेका सभापति स्वाँरले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँचन नसक्दा संसद बिघटन गरेको बताए ।

अहिलेका प्रधानमन्त्री ओलीमा अहंकारी बाहेक अरु केही गर्न सक्ने क्षमता समेत नभएको सभापति स्वाँरको भनाई थियो ।

साथै उनले संसद बिघटन गर्नु लोकतन्त्र र संबिधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।

यस्तै क्षेत्र नं. २ को कमलबजारमा भएको बिरोध सभामा प्रमुख अथिति पूर्व साँसद अक्कल बहादुर बिष्टले नेकपाको सरकारले भ्रष्टचार बाहेक अरु कुनै का मगर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा पूर्व पार्टी सभापति पुष्प बहादुर शाह बिशिष्ट अथिति रहेका थिए ।

बिरोध सभालाई पूर्व पार्टी सभापति कर्ण केसी, महासमिति सदस्य अम्बिका चलाउने, उपसभापति चन्द्र प्रसाद ढुंगाना, सचिव नम बहादुर शाही, महाधिबेशन प्रतिनिध पदमराज अधिकारी लगायतले सम्बोधन गर्दै कांग्रेसले मात्रै देश र जनताको पक्षमा विकास गर्न सक्ने बताएका थिए ।

नेकपाको दुई तिहाईको सरकारले भ्रष्टचार बाहेक अरु कुनै काम गर्न नसेको उनिहरुको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार