कस्को होला तीन अर्ब बढीको नेकपाको सम्पत्ति ?

43
SHARES
237
VIEWS

काठमाडौं । बिभाजीत नेपाल कम्युनिस्ट पार्टीका दुबै समूह अब पार्टीको नाममा रहेका चल अचल सम्पत्ति कब्जा तर्फ लागेका छन ।

नेकपा र चुनाव चिन्हको अन्तिम टुंगो नलाग्दै दुबै समुहले पार्टीको नाममा भएका सम्पत्ति कब्जा गर्न थालेका हुन ।

दुबैपक्षको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेकै अर्को दिन पार्र्टी मुख्यालय रहेको धुम्बाराहीमा केपी शर्मा ओलीपक्षले ताला लगाएको थियो ।

त्यसै दिन देशका विभिन्न जील्लामा रहेका पार्टी कार्यालयमा ताला लगाएर कब्जा गरिएको घोषणा दुवैपक्षले गरेका थिए ।

हालको मुख्यालय ओलीपक्षले कब्जा गरेपछी पुष्पकमल दाहाल र माधब नेपाल अन्य नेता सहित तत्कालिन एमालेको पार्टी केन्द्रिय कार्यलय रहेको मदननगर बल्खुमा पुगेर मुख्यालय बनाउने घोषणा गरेका थिए ।

वरिष्ठ नेता माधव कुमार नेपाल नेकपाको आधिकारिक पार्टी आफुहरुभएकाले सम्पुर्ण सम्पत्ति पनि आफ्नै हुने दावी गर्नुहुन्छ ।

हिजो बबरमहलमा गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले नेकपाको नाममा रहेको सम्पुर्ण सम्पत्ति आफ्नो पक्षको हुने बताउनुभएको हो ।

यता केपी शर्मा ओलीपक्षको पनि नेकपाका सम्पुर्ण चलअचल सम्पत्तिमा दावी छ । साविकको नेकपाको नाममा देशैभरी कार्यालयहरु छन ।

यस्तै पार्टीका भातृ संगठनहरुको नाममा पनि देशैभर कार्यालयहरु छन ।

सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्बको रहेको छ।

तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्तीको मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो।

नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ ।

नेकपा केपी ओली समूहका नेता महेश बस्नेत तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिनुहुन्छ ।

ललितपुरमा बोल्दै नेता बस्नेतले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिनुभएको हो ।

पार्टी फुटेको अवस्थामा सम्पत्तिको बाँडफाँड कसरि गरिन्छ त ? पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती सम्पत्ति वाँडफाँडको विषयमा निर्वाचन आयोगले फैसला नदिने बताउनुहुन्छ ।

पार्टीको विधान पनि यस विषयमा नबोलेकाले सम्पत्ति वाँडफाँड पेचिलो बन्ने उहाँको आंकलन छ ।

दुवै समुह मिलीजुली फुटेको भए प्रतिशतमा बाँडफाँड गर्न सहज हुने भएपनि अहिले त्यो अवस्था नरहेकाले पार्टीको आधिकारिकता जुन समुहमा जान्छ सम्पत्ति पनि उसैको नाममा हुने धारणा उहाँको छ ।

विभिन्न स्थानमा रहेका पार्टी कार्यालयहरुमा ताला ठोकेर कब्जा गरिएको घोषणा गर्ने सवालमा ओली पक्ष अगाडि देखिएको छ ।

पार्टी औपचारिक फुटिसकेको छैन । दुबैपक्ष माउ पार्टी आफुनै भएको दाबी गरिरहेका छन । सोही दाबी सहित दुबैपक्ष निर्वाचन आयोग पुगिसकेका छन ।

तर आयोगको अन्तिम निर्णय नआउँदै दुवै पक्ष अहिले सम्पत्ति कब्जामा केन्द्रित हुँदा थप मुठभेडको जोखिम पनि बढेको छ ।

सम्पत्तिको सवालमा बैधानिक बाटो खोज्ने भन्दा पनि नेताहरु नै भड्काउ अभिव्यक्ति दिने र सोहि अनुसार कार्यकर्ता परिचालन गर्दा मुठभेडको जोखिम बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार