अछाममा थप ४ जनामा कोरोना पुष्टी

12
SHARES
69
VIEWS

अछाम । अछाममा शनिबार थप ४ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

शनिबार ६६ जनाको नमुना परिक्षण गर्दा ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको कमलबजार प्रयोगशालाले जनाएको छ ।

शनिबार संक्रमण पुष्टी हुनेमा मंगलसेन नगरपालिका वडा नम्बर ४, ५ र १२ का ४ जना पुरुष रहेका कमलबजार प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

हालसम्म कमलबजार पिसीआर परीक्षण प्रयोगशालामा ४ हजार १ सय १६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार