अछाम। शिबशक्ति सहकारी सँस्था लिमिटेड मँगलसेन नगरपालिका वडा नः ६ को आयोजनामा निर्माण गरीएको आलु भण्डारण गृह ( रस्टिक स्टोर) भवन सहकारीलाई हस्तान्त्रण गरीएको छ ।
कृषि ज्ञान केन्द्र अछामको १० लाख अनुदान र २ लाख ११ हजार ६ सय ७७ रुपैया जनश्रमदान बाट निर्माण गरीएको आलु भण्डारण भवन आज कृषि सहकारी सस्थालाई हष्तान्त्रण गरीएको निर्माणमा सँलग्न निर्माण ब्यवशायी हेमराज भण्डारीले बताउनुभयो ।
१० टन क्षमताको उक्त भवनमा स्थानिय स्तरमा उत्पादन गरीएका तरकारी लाई भण्डारण गरी बिक्रीबितरणका लागी बजारमा पठाइने सहकारी सस्थाका अध्यक्ष लोकराज भण्डारीले जानकारी दिनुभएको छ ।
स्थानिय स्तरमा उत्पादन भई बिक्री हुन नसकेको तरकारी तथा फलफुल भण्डारण गरी किसानहरुको उत्पादनलाई खेर जान नदिने सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष लोकराज भण्डारीको अध्यक्षतामा भएको भवन हष्तान्त्रण कार्यक्रममा मँगलसेन नगरपालिका वडा नः ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले सहकारीको बिकासका लागी वडा सरकारबाट पुर्ण रुपमा सहयोग गरीने बताए ।
अध्यक्ष भण्डारीले किसानले उत्पादन गरेका तरकारी तथा फलफुल लाई उचित मुल्यमा स्थानिय सरकारले किनिदीने बताउनु लभएको छ ।
आफ्नो गाउँघरमै स्वरोजगार बन्न स्थानिय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
देबेन्द्र खत्रिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सहकारीका ब्यवस्थापक बेदराज भण्डारीले गर्नुभएको थियो ।
Discussion about this post