अछाम । जिल्ला प्रशासन कार्यलय अछामले सेवालिन आउने बृद्धबृद्धालाई कम्मल दिने गरेको छ ।
पौष १ गते बाट ७० बर्ष भन्दा माथि सेवा लिन आउने सेवाग्राहिलाई न्यानोका लागि कम्मल सहयोग गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएका सेवालिन आउने सेवाग्राहिलाई चिसोमा न्यानोका लागि कम्मल दिने गरेका छौ,
तर अहिले गाँउबाट पनि कम्मल माग्न आउने गरेको प्रजिअ उपाध्यायले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएकानै हुन कम्मल माग्न आउने अब अन्य बृद्धबृद्धालाई दिने तयारी रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले वताउनुभयो ।
२० जना भन्दा बढि सेवाग्राहिलाई दिइसकेको जिल्ला प्रशासन कार्यलयले अछामले वताएको छ ।
मेल्लेख गाँउपालिका ८ हात्तिकोट बस्ने ७० बर्षिय कलधरी साउद सेवा लिन प्रशासन कार्यलय पुगिन् । कलधरीले सेवा सँगै कम्मल पाएको वताईन् ।
आर्थिक अबस्था कमजोर रहेको थियो चिसोमा कम्मल पाँउदा निकै खुशि भएको उनले वताईन् ।
त्यस्तै मंगलसैन नगरपालिका १० जुपुकि ७२ बर्षिय बेलु सुनार पनि सेवा सँग कम्मल पाँउदा निकै खुशि भएको वताउनुभयो ।
चिसो समयमा बृद्धबृद्धलाइ न्यानोका लागि सहयोग होस भनेर जिल्ला प्रशासन कार्यलयल यो अभियान शुरु गरेको हो ।
गृह मन्त्रालयको कुनै निर्देशन थिएन्, आफुहरुले नै निर्णय गरेको हौ,
चिसोमा बृद्धबृद्धालाई सहयोग होस भनेर कम्मल सहयोग शुरु गरेको साहयक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिलसेनाले वताएका छन् ।
आर्थिक अबस्था कमजोरले कम्मल किन्न सक्ने अबस्था नभएका पनि हुने गरेका छन्, यसले चिसोमा ठुलो सहयोग भएको स्थानियले वताएका छन् ।
जिल्ला प्रशासन कार्यलय अछामले गरेको यो काम नयाँ भएको अछाम बासिले वताएका छन् ।
जिल्ला प्रशासन कार्यलय अछामले नागरिकलाई सेवा प्रबाह पनि छिटोछरीतो गर्दै आएको नागरिक समाजका सदस्य धुब्र सुनारले वताएका छन् ।
अछाममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय आइसकेपछि जनसेवा र प्रशासनले दिने सेवा सुबिधा छिटोछरीतो हुने गरेको सुनारले वताउनुभएको छ ।
Discussion about this post