अछाम । अछाममा शुक्रबार थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९२ जनाको कोरोना परीक्षण गरिएकोमा १३ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
शुक्रबार थपिनेमा बान्निगढी जयगढ गाउँपालिकाका ३ जना महिला र ६ जना पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
चौरपाटी गाउँपालिकाका १ जना, ढकारी गाउँपालिकाका १ जना, मंगलसेन नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै डोटीको केआइसिंह गाउँपालिकाका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
Discussion about this post