माधव तिमिल्सैना, अछाम । पञ्चदेवल विनायक नगरपालीका वाड नं २ मा अवस्थित रेडियो पञ्चदेवल ८८.६ मेगाहर्जले आफ्नो प्रशारण सेवालाई थप गरेको छ ।
आजबाट १४ घण्टा रेडियोको प्रशारण नियमित हुने गरि समयावधि थप गरिएको हो ।
पञ्चदेवल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित “सुदुर मध्यको आवाज’’ रेडियो पञ्चदेवलले आजबाट थप कार्यक्रमको साथ आफ्नो प्रशारण सेवालाई थप गरेको रेडियो प्रशाशनले जनाएको छ ।
२०७१ सालमा अछामको पञ्चदेवल विनायक नगरपालीका वाड नं २ बाट ८८.६ मेगाहर्जमा प्रशारण आरम्भ गरेको थियो ।
अहिले रेडियोको नेतृत्व नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सचिव एवम् प्रदेशशभा “क’ सभापति टंक बहादुर धामीले गरिरहनु भएको छ ।
५०० वाट क्षमता रहेको भएपनि विद्युतको समस्याका कारण १०० वाटमा मात्र सिमित भएको थियो ।
अब ५०० वाटबाट आफ्नो प्रशारण सुरु गरेपछि अछाम,कालिकोट र सुर्खेतका अधिकांश ठाउमा रेडियो बज्ने विश्वास लिईएको छ ।
रेडियोले समुदायको हितका लागी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आवाज उठाउदै आएको छ ।
रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुणर् स्रोता, विज्ञापनदाता, शेयर सदस्य र सहयोग गर्ने सुवेच्छुकहरुलाई रेडियो प्रशाशनले धन्यवाद दिएको छ ।
सत्य समाचार, सुचना तथा सन्देश प्रशारण गरेर रेडियोले महत्वपुणर् योगदान दिईरहेको कार्यकारी निर्देशक टंक बहादुर धामीले बताउनु भएको छ ।
करिब ७ वर्ष पहिले स्थापना भएको रेडियो अहिले सबैमाझ लोकप्रिय बनेको छ ।
अहिले रेडियोलाई विभिन्न क्षेत्रबाट सहयोग रहदै आएको छ । अझै रेडियोलाई लोकप्रिय बनाउन आफु दिनरात नभनि अहोरात्र खटिरहेको रेडियोका कार्यकारी निर्देशक टंक बहादुर धामीले बताउनु भएको छ ।
Discussion about this post