ओलीलाई रोजे बादलले, ओली पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी

8
SHARES
46
VIEWS

९ पुस काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत उपस्थित छन् ।बैठक सुरु हुनुअघि नै गृहमन्त्री बादल बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
केन्द्रीय समितिको बैठकमा बादल मञ्चमा बसेका छन् । लामो समयको तटस्थता तोड्दै अन्ततः बादल ओलीको पक्षमा उभिएका छन् । यसबीचमा दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल अहिले केही बेरअघि ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । बादललाई आफ्नो पक्षमा पार्न प्रचण्डले यसबीचमा पटक–पटक भेटेर आग्रह गरेका थिए । उनीनिकट अधिकांश नेता प्रचण्ड पक्षमा लागिसकेका छन् । प्रधानमन्त्री ओलीसँग बुधबार भेटेर आफू प्रचण्डको पक्षमा नरहने जानकारी दिएका बादल बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार