अछाम । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुदूरपश्चिम छनोट जितेको अछामको टोलीलाई चौरपाटी गाउँपालिकाले सम्मान गरेको छ ।
गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रत्येक खेलाडीलाई ५-५ हजार नगद सहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले खेलाडीहरुलाई थप हौसला प्रदानका लागि नगद सहित सम्मान गरेका हुन ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद, निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा र विभिन्न वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
यसअघि कञ्चनपुरमा भएकोप्रधानमन्त्री कप सुदूरपश्चिम छनोट प्रतियोगितामा बैतडीलाई हराउदैं अछामले उपाधी हात पारेको थियो ।
Discussion about this post