ओली समूहले तोक्यो प्रशिक्षक, कुन प्रदेशमा को ?

41
SHARES
226
VIEWS

काठमाडौं – पार्टी औपचारिक रूपमा विभाजन भएको घोषणा नगरे पनि केपी ओली नेतृत्वको नेकपाले सातै प्रदेशमा प्रशिक्षण भेला सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि केन्द्रीय नेतालाई प्रशिक्षण सञ्चालन गर्न खटाएको छ । मंगलबार नियुक्त गरिएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन भन्दै ओली नेकपाले प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

बुधबार नेकपा (ओली पक्ष) का प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रदेशमा खटाइएको नेताहरूबारे जानकारी गराएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशममा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई खटाइएको छ ।

यस्तै, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो तथा प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार