अछामका ६ सहित सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि

11
SHARES
63
VIEWS

अछाम । अछामका ६ सहित सुदूरपश्चिममा थप ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

अछामको कमलबजार प्रयोगशाला र जिल्ला अस्पताल बझाङमा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा प्रयोगशालामा ५६ नमूना परीक्षण भएको उनले बताए।

यस्तै पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा ६९ नमूना परीक्षण गर्दा जयपृथ्वी नगरपालिकाका २ जना र छविस पाथिभेरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार