अछाममा थप २५ जनामा कोरोना पुष्टि

13
SHARES
71
VIEWS

अछाम । अछाममा सोमबार थप २५ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणका क्रममा विभिन्न स्थानीय तहका १ जना महिला र २४ जना पुरुष गरि थप २५ जना सङ्क्रमित थपिएका हुन ।
मंगलसेन नगरपालिकाका सबै भन्दा बढि १२ जना थपिएका छन भने रामारोशन गाउँपालिकाका ४ जना, साफेबगर नगरपालिका र ढकारी गाउँपालिकाका २/२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।

तुर्माखाद गाउँपालिका, पन्चदेवल बिनायक नगरपालिका, घोडाघोडी नगरपालिका, बिराटनगर उप- माहनगरपालिका र धनगढी उप- माहानगरपालिकाका समेत १/१ जनामा पनि कोरोना देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रयोगशालामा पछिल्लो २४ घण्टा यता जिल्लाका विभिन्न स्थानीय तहका गरि २८ जना महिला र ८२ जना पुरुष गरि १ सय ३२ जनाको कोरोना परिक्षण गर्दा २५ जना सङ्क्रमित थपिएका हुन ।

कमलबजार प्रयोगशालामा अहिले सम्म ३ हजार ७ सय २ जनाको परिक्षण गरिएकोमा ५ सय ७४ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार