सुपको प्रधानमन्त्री कप छनोटमा अछामको सानदार जित

39
SHARES
215
VIEWS

महेन्द्रनगर : कञ्चनपुरमा सम्पन्न प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्तरगत अछामले जित हासिल गरेको छ।

बैतडीलाई १५ रनले पार्दै अछामले फाइनलमा सानदार जित हासिल गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको टिम अछामले बैतडीलाई १६५ रनको विशाल लक्ष्य दिएको थियो जसमा अछामका सुरज तिरुवाको सानदार ६१ रनको योगदान रहेको थियो ।

१६५ रनको लक्ष्य पाएको बैतडिले जवाफमा १५० रनले चित्त बुझाउनु परेको अछामी टिमको हौसला बढाउन कंचनपुर पुगेका अछामका खेलकुद प्रेमी लक्ष्मण नाथ योगीले बताए ।

विजयी अछाम टिमका क्याप्टेन अनिल कुँवर हुन भने टिम व्यस्थापक चाँदनी शाह रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार