६५ सय ८८ जनाको पिसिआर टेस्ट गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण

16
SHARES
89
VIEWS

२ पुस काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५८८ जनामा पिसिआर परीक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार