काठमाडौँ । महिलाहरु बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुन्छन् । हुन पनि महिलाको लागि सुन्दरी हुनु पनि एक गुण नै हुन् । बिहाना उठे पछि महिलाहरु आफ्नो सिंगार पटारमा नै समय लगाउछन् ।
यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भुमिका पनि महत्वपुर्ण नै हुन्छ । हामीले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा जानकारी दिन गईरहकेका छौं।
केही समय अगाडि अमेरीकामा एक अध्यननले लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको थियो ।लिपस्टिकमा एक कीसिमको सीसा प्रयोग हुन्छ । जस्ले मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।
अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।
चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।
Discussion about this post