देशभर यस्तो रहनेछ आज दिनभरको मौसम

23
SHARES
126
VIEWS

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको छ।

हाल प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको वायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।

जसअनुसार अघिल्लो दिनभन्दा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार