​नौ जनाको हत्या गर्ने जापानका ट्विटर किलर लाई मृत्युदण्डको सजाय

17
SHARES
92
VIEWS

३० मंसिर, काठमाडौं । ‘ट्विटर किलर’को नामबाट चिनिने जापानका कुख्यात हत्यारालाई मृत्युदण्ड दिइने भएको छ । मंगलबार जिल्ला अदालतले ३० वर्षीय टाकाहिरो सिराइसीलाई मृत्युदण्डको सजाय सुनाएको जापान टाइम्सले जनाएको छ ।

शिराइसीलाई अदालतले हत्या, अंगभंग र शवहरू अपार्टमेन्टमा भण्डारण गरेकोमा दोषी ठहर गरेको हो । उनीमाथि पीडितहरूलाई यौन दुर्व्यवहार समेत गरेको आरोप छ । उनले सामाजिक सञ्जालमा आत्महत्या गर्न इच्छा व्यक्त गर्ने नौ जनाको हत्या गरेका थिए । हत्या गरिएकामा आठ जना महिला र एक १५ वर्षीय बालक थिए । सन् २०१७ मा कनागावा प्रान्तको जामास्थित सिराइसीको अपार्टमेन्टमा पुग्दा प्रहरीले शवहरू भण्डारण गरिएको अवस्थामा फेला पारेका थिए । बेपत्ता भएकी २३ वर्षीया महिलाको खोजी गर्दै जाँदा प्रहरीले उनको अपार्टमेन्टमा कुलरभित्र शवहरू राखिएको अवस्थामा फेला पारेको थियो । ती महिलाको शव पनि त्यहीँ फेला परेको थियो ।

फैसला हुन अघि उनका वकिलले सजाय घटाउनुपर्ने माग राखेका थिए । उनका वकिलले पीडितहरूमा आत्महत्याका इच्छा भएको र आफैंले मार्न अनुमति दिएको दाबी गरेका थिए । उनले आत्महत्याका इच्छा व्यक्त गर्ने पीडितहरूलाई ट्विटरमार्फत सम्पर्क गर्थे। उनले ट्विटरमा आफ्नो नाम ‘ह्याङम्यान’ राखेका थिए । त्यसपछि उनले मद्दत गर्ने वाचा गरी आफ्नो जामास्थित अपार्टमेन्टमा बोलाउने गरेको टाइम्सले जनाएको छ । त्यसैले, उनलाई ट्विटर किलर भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार