अछाम । चौरपाटी गाउँपालिकाका पाँच जना कर्मचारीमा कोरोना भाईरस कोभीड(१९ पोजेटिभ देखिएको छ ।
पाँचै जनालाई आज कमल बजारको पिसिआर प्रयोगशालाका गरिएको परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशव सुनार, वडा सचिव सिद्धराज जोशी, ईन्जिनियर लोकेन्द्र रावल, एमआई एस अप्रेटर कालू सिंह बोहरा र घरेलुु शाखाका कर्मचारी लाल बहादुर साउदलाई कोरोना पोजेटिभ देखिएको गाउँपलिकाको स्वास्थ शाखाका प्रमुख कमल साउदले जानकारी दिनुभएको छ ।
पाँच जना मध्ये चार जनामा कुनै पनि लक्षण देखिएको छैन ।
तर वडा सचिव सिद्धराज जोशीलाई भने सामन्य ज्वरो रुघाखोकी रहेको छ ।
उनिहरुले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गर्न आग्रह गरेका छन ।
पाँचै जना कर्मचारी होमआईशोलेशनमा बसिरहेको स्वास्थ शाखा प्रमुख साउदले जानकारी दिनुभयो ।
Discussion about this post