चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसान पुनः आन्दोलित भएका छन्। उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्।
माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो । किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।
चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसान पुनः आन्दोलित भएका छन्। उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो । किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।
Discussion about this post