मंगलसेन नगरपालिकाको बजार क्षेत्र र शैक्षिक संस्थामा सिल अवधि कायमै

30
SHARES
166
VIEWS

अछाम । मंसिर २० गतेदेखि २७ गतेसम्म पुर्ण रुपमा नगरपालीका शिल गरेको मंगलसेन नगरपालिकाले पुनः सेवा प्रवाह सम्बन्धी अर्को सुचना नआएसम्मका लागि नगरपालीका शिल कायम रहेको जनाएको छ।

दैनिक रुपमा बजार क्षेत्रमा हुने आवात जावात तथा कार्यालयबाट हुने सार्वजनीक सेवा प्रवाहले संक्रमण फैलिने दर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखि आजबाट लागु हुने गरि शिल अवधि थपिएको नगरपालीकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसिले बताए ।

नगरपालीका शिलको अवधिमा नगर क्षेत्र भित्रका सम्पुर्ण शैक्षिक संस्था पुर्ण रुपमा बन्द गर्ने, बजार क्षेत्र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्ला गर्न दिने, कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवा अत्यावश्यक सेवाहरु उपलब्ध कर्मचारीबाट प्रवाह गरिने भएको छ।

अन्य सार्वजनिक कार्यालय र अन्य बैँक तथा बित्तिय संस्थाहरु आन्तरिक ब्याबस्था अनुसार निश्चित समय निर्धारण गरि सेवा प्रवाह गर्न निर्देशन भएको जैसिले बताए ।

यस अवधिमा कोभिड १९ सम्बन्धी सेवाहरु, स्वास्थ्य सेवा, विपद ब्याबस्थापन सम्बन्धी सेवा निरन्तर जारी रहने नगरपालीकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार